युवा उद्योगी राउत सार्क चेम्बर अफ कमर्सको फोरममा

विराटनगर । विराटनगरका युवा उद्योगी प्रतीक राउत सार्क चेम्बर अफ कमर्सको युवा फोरमको सदस्यमा मनोनीत भएका छन् ।

शिवम् अर्गनाइजेसन विराटनगरका सञ्चालक राउतसहित युवा उद्यमीहरु उक्त फोरममा समेटिएका हुन् ।

सार्क चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजबाट गठन गरिएको युवा उद्यमीको फोरममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य देशबन्धु बस्नेत (अजित) उपाध्यक्षमा मनोनयन भएका छन् ।

फोरममा स्काई रोड क्यारियर्सका प्रबन्ध निर्देशक रितेश लामिछाने, आइएमइ मोटर्सका सीइओ निशान ढकाल, ग्लोबल इक्विटी फण्डका साझेदार आशिष ढकाल, मेरिगोल्ड ज्वेलर्सका सञ्चालक साम्राज्य श्रेष्ठ र पराजुली टि इण्डष्ट्रीजका सञ्चालक आदित्य पराजुली पनि मनानीत भएको सार्क चेम्बर अफ कमर्स इन्डस्ट्रीका महासचिव जूल्फिकर अलि बटले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *