झापामा युवकद्वारा साथीको ह*त्या

विराटनगर । झापामा खन्ती प्रहार गरी एक युवाले आफ्नै साथीको हत्या गरेका छन् ।

बिहीबार बिहान ५ बजे भद्रपुर नगरपालिका–२ स्थित गौरीशङ्करमा गंगा पनि भनिने ३५ वर्षीय सनम राईको हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सनमको हत्या उनकै साथी ३० वर्षीय लोकबहादुर राई (कमानसिंह) ले गरेका हुन् ।

लोकबहादुर राति सनमको घरमा गएर सुतेका थिए ।

सुतिरहेको अवस्थामा खन्तीले सनमको टाउकोमा प्रहार गरी लोकबहादुरले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलमै रहेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हत्याको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान सुरु भइसकेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *