८ महिनामा खर्बभन्दा बढीको निर्यात

काठमाडौं । आठ महिनाको अवधिमा नेपालबाट एक खर्ब रुपैयाँभन्दा धेरैको वस्तु तथा सेवा विभिन्न मुलकमा निर्यात भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको हो ।

यो परिमाण गत आर्थिक वर्षको आठ महिनाको तुलनामा चार प्रतिशतले कम हो ।

साउनदेखि फागुनसम्ममा नेपालले १० खर्ब ३० अर्ब २२ करोड २७ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।

गत वर्षको आठ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।

आयात दुई दशमलव ६६ प्रतिशतले घटेको विभागले जनाएको छ ।

तथ्यांकअनुसार आठ महिनामा नेपालको व्यापार घाटा नौ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *