श्रीमतीको ह*त्या गरी आत्मह*त्या

विराटनगर । मोरङको बेलबारीमा एकजनाले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् ।

बेलबारी नगरपालिका–१ मा ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीया गीता लिम्बूको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बमबहादुरले बुधबार बिहानको राति करिब साढे १ बजेतिर दाउले प्रहार गरेर पत्नीको हत्या गरेको भेटिएको छ ।

टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको हो ।

पत्नीको हत्या गरेपछि बमबहादुरले त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बमबहादुरलाई सिकिस्त घाइते अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुका ८ वर्षीय छोरा घटनाका बेला भागेर जोगिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *