आगलागीमा मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारद्वारा १ लाख

विराटनगर । भोजपुरको हतुवागढी–७ पिप्लेमा आगलागीबाट ज्यान गुमाएका बालबालिकाको परिवारलाई कोशी प्रदेश सरकारले एक लाखका दरले राहत रकम बुधबार उपलब्ध गराएको छ ।

मुख्यमन्त्री केदार कार्कीले पीडित परिवारलाई समवेदना दिँदै ज्यान गुमाएका बालबालिकाका दुई परिवारलाई एक लाखका दरले राहत रकम हस्तान्तरण गरेका हुन् ।

राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले दुःखको समयमा सरकारले मलमपट्टी लगाएको उल्लेख गरे ।

‘प्रदेशतथा स्थानीय सरकार घर आँगनकै सरकार भएकाले जनताको समस्या तथा पीडामा सधैँ साथ रहन्छ, उनले भने, दुःखमा सरकार सँगै छ ।’

शनिवार भएको आगलागीमा स्थानीय रमेश कार्कीकी ५ वर्षीया छोरी दिप्सीका कार्की, ३ वर्षीय छोरा दिउनिष कार्की र ४ वर्षीय प्रनिष कार्कीको ज्यान गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *