बागलुङमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । रुकुम पूर्वबाट काठमाडौँ आइरहेको यात्रु बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ को जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

दुर्घटनाका ३१ घाइतेलाई उद्धार गरेर उपचारार्थ लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को रात्रि बस मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थल बागलुङ सदरमुकामबाट करिब साढे ४ चार घण्टाको दूरीमा पर्छ ।

सदरमुकामबाट टाढा भएकाले घाइतेलाई स्थानीय स्वास्थ्य चौकीहरुमा पठाएर अवस्थाअनुसार सम्भव धौलागिरी अञ्चल अस्पताल ल्याउने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *