देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फस्यो: सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे ।

उनले भने, ‘देश तस्कर र शक्तिशालीहरुको लुटको महाजालोमा फसेको छ । साढे ३३ किलो तस्करीबारे छनाविन गर्न गृह मन्त्रालयका सहसचिब ईश्वर पौडेललेको अध्यक्षतामा समिति गठन भएको थियो । तर ७ सय ५२ पेजको उक्त प्रतिवेदन गायब गरियो । अहिले ४ सय २५ पेजको डिल्लीराम आचार्यको प्रतिवेदन आएको छ । यो पनि त्यसरी नै हराउने काम नहोस । जो दोषी छन्, उनीहरुमाथि कारबाही होस् ।’

उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *