भीरबाट गाडी खस्दा ६ जनाको मृत्यु, ७ घाइते

विराटनगर । उदयपुरको बेलकामा आज भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन् । मृतकहरुको पहिचान खुलेको छैन ।

बेलका नगरपालिका–७, मा रहेको कच्ची सडकबाट भीरमा गाडी खसेको जनाइएको छ ।

भोजपुरको घोडेटारबाट यात्रुसहित धरान आउँदै गरेको गाडी दुर्घटनामा परेको हो ।

कच्ची सडक रहेको उक्त स्थानको भीरबाट गाडी तीन सय मिटरभन्दा तल खसेको प्रहरीले अनुमान गरेको छ ।

भोजपुरबाट प्रहरी टोली घटनास्थल गएर स्थलगत रुपमा बुझ्ने काम भइरहेको जनाउँदै घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *