प्रचण्ड विश्वासघाती र राजनीतिक बेइमान :  कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ ।

प्रधानमन्त्री दाहालले सत्ता समीकरण फेरबलदल गरेपछि बिहीबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो । दाहालले राजनीतिक बेइमानी गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले विश्वासघात गरेको बताए । उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालजीले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो यसलाई हामीले राजनैतिक बेमाइनी ठहर गरेका छौं ।’

गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको लेखकको आरोप छ । त्यस्तै संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *