‘लुकेको प्रतिभा’ सूयर्माराजको सम्मान

विराटनगर । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व प्रदेश सांसद सूयर्माराज राई ‘नझरेका फूलहरु पलेँटी साँझ’ द्वारा सम्मानित भएका छन् ।

उनलाई मोरङको विराटचोकमा शनिबार आयोजित कार्यक्रममा लुकेको प्रतिभाको रुपमा सम्मानित गरिएको हो । राई गीतकार र कवि पनि हुन् । नेपाली कला, साहित्य सङ्गीतका क्षेत्रमा बहुचर्चित गीत, अब्बल कविता र अनेकन् विधामा साहित्यिक रचनाहरुका माध्यमबाट राईले अतुलनीय योगदान दिएको आयोजकको भनाइ छ ।

सकारात्मक सोच र सामाजिक सेवाका लागि निरन्तर सक्रिय भइ समाज रुपान्तर र सांस्कृतिक जागरणमा पनि राईले भूमिका खेलेको आयोजकले जनायो ।

उनलाई ब्रिटिस गोर्खा धरानको पेइङ अफिसका कार्यकारी अधिकृत लक्ष्मी मादेन, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन राई, युवा समाजसेवी दुष्यन्त भट्टराई र नझरेका फूलहरु पलेँटी साँझका परिकल्पना, व्यवस्थापन र प्रस्तोतासमेत रहेका केपी घिमिरेले सम्मान गरेका हुन् ।

नेपाली साहित्यमा एमएसम्म अध्ययन गरेका राईले विद्यालय अध्ययनकै बेलादेखि कविता लेखन सुरु गरेका थिए ।

२०५८ सालमै पूर्वाञ्चलस्तरीय कवि गोष्ठीमा उत्कृष्ट पुरस्कार प्राप्त गरेका राईको ‘रीति’ नामक गीति एल्बम् पनि प्रकाशन भएको छ । उनका फुटकर लेख रचना पनि विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

राई विमल स्मृति कविता प्रतियोगिता २०५८ मा प्रथमसमेत भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *