इलाम-२ र बझाङ प्रदेशसभा-१ मा वैशाख १५ गते उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले २०८१ वैशाख १५ गते उपनिर्वाचन गर्ने भएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले सरकारसँगको परामर्शमा उपनिर्वाचनको मिति घोषणा गरेको जनाएका हुन् ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ । गत वर्ष मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ ।

प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को (१) मा उपनिर्वाचन हुँदैछ ।

त्यस क्षेत्रमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको सवारी दुर्घटनामा निधन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *