राष्ट्रिय शक्ति नेपालको मोरङ समिति पुनर्गठन

विराटनगर । राष्ट्रिय शक्ति नेपालको मोरङ जिल्ला समिति पुनर्गठन गरिएको छ ।

शुक्रबार विराटनगरमा भएको भेलाले अबु गुरुङको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो ।

समितिका उपाध्यक्षमा रमा प्रसाईं र वीरेन्द्र श्रेष्ठ छन् । सचिव पदमा पछि मनोनयन गरिने भएको छ ।

यसैगरी समितिका सहसचिवमा लक्ष्मण पोद्दार तथा कोषाध्यक्षमा दिपेन्द्र यादव चयन भएका छन् ।

सदस्यमा सन्दिप घिमिरे, सीता खरेल प्रसाईँ, बुलन श्रेष्ठ, स्वीकृति विष्ट, सागर आले मगर, सुरज थापा, सुरज सुब्बा, चन्द्रा कार्की, मिलन कार्की चयन भएका छन् ।

यसैगरी शिव थापा, अजय राम, कुमुद जैन, अंकुर जैन, चन्द्र राई, दिपेन्द्र मण्डल, विशाल श्रेष्ठ, विवेकमान श्रेष्ठ, राजेश विश्वास, कमलेश मण्डल चुनिएका छन् ।

अन्य सदस्यमा शंकर मण्डल, शिलु कार्की, लीलाधर अधिकारी, रमेशकुमार माझी, सुमन कुन्दु र साहिल प्रसाईं चयन भएका छन् ।

केशवप्रसाद रिजालको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथिका रुपमा कृष्णकुमार मास्के तथा अतिथिहरुमा रामप्रसाद तिवारी, सुदन लिम्बु, प्रभात रन्जन पोखरेल, तारा दाहाललगायतको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *