‘देउवा-प्रचण्ड एमालेलाई ललिपप बाँडिरहन्छन्’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र देउवाले सिद्धान्त र नीति छाडेर मिल्छौ भन्दै प्रलोभन देखाएको बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौ भनेको काम नगरेको र असम्भव काम गर्न खोजेर प्रलोभनमा पार्ने प्रयास गरे पनि एमाले त्यस्तो प्रलोभनमा नपर्ने बताए ।

उनले भने, ‘उहाँहरुको योजना के भने हामीलाई चक्लेट, ललिपप देखाउने र सिद्धान्त छोडेर मिल्छौ भन्ने हो । उहाँहरुको एउटा खेल देखाउनुभयो र अन्तिममा नसकिने कुरा गर्नुभयो । प्रचण्ड र देउवाले कुनै पनि हालतमा गर्छौ भनेको कुरा नसकिने खालको कुरा राख्नुभयो ।’

राष्ट्रियसभाको निर्वाचनलाई लिएर एमालेलाई बद्नाम गर्न खोजेको पनिउनको भनाई छ । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनमा हाम्रा विरुद्ध दुईवटा कुरा चर्चा गर्न योग्य छन् । यस क्रममा हामीलाई बदनाम गर्न खोजियो । सिट मागेको भनेर हल्ला गर्नुभयो । एमालेले सिट लेनदेन गर्न खोजेको छ । सिट मागिरहेको छ भनेर हामीलाई बदनाम गर्न खोज्नुभयो । जुन कुरा गलत थियो र उचित थिएन ।’

सरकारले एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाऔं भन्ने प्रस्ताव गरेको अध्यक्ष ओलीले बताए । ‘सरकारको तर्फबाट प्रधानमन्त्रीले नै प्रस्ताव राख्नुभएको थियो । त्यो प्रस्तावपछि कांग्रेसका सभापतिसँग पनि परामर्श गरेर लोकतन्त्रलाई सुदृढ बनाउन आधारभूत रूपमा मिलेर जानुपर्छ भन्नुभयो । त्यसलाई अस्वीकार नगरे पनि हामीलाई विश्वास थिएन । उहाँहरु यथास्थितिमा टीआरसी टुङ्ग्याउने पक्षमा हुनुहुन्थ्यो । त्यो हामीलाई मान्य थिएन,’ ओलीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *