रुपात्रेय बालकृष्ण-शान्ता वाङमय प्रतिष्ठान स्थापना

विराटनगर । नेपाली भाषा र साहित्यमा भाषाशास्त्री बालकृष्ण पोखरेलको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठान स्थापना गरिएको छ ।

पोखरेलले नेपाली भाषा साहित्यका लागि गरेका कार्यको संरक्षण र सम्वर्द्धन गर्नुका साथै उनका अप्रकाशित रचनाहरु प्रकाशन गर्ने, प्रचारप्रसार गर्ने, अनुवाद गर्ने साथै उनको सम्मानमा पुरस्कार स्थापना गर्ने कामका लागि ‘रुपात्रेय बालकृष्ण–शान्ता वाङ्मय प्रतिष्ठान’ स्थापना गरिएको हो ।

भाषाशास्त्री पोखरेलका सुपुत्र कवि एवं कथाकार मुनाल पोखरेलको अध्यक्षतामा प्रतिष्ठानको कार्य समिति गठन गरिएको छ ।

समितिका उपाध्याक्षमा दिनेशराज सुबेदी ‘दिंलाली कान्छो’, सचिवमा चूडामणि नेपाल ‘अकिञ्चन’, कोषाध्यक्षमा सुनिता पोखरेल छन् ।

यसैगरी समितिका सदस्यमा सरला चापागाईं, हरिप्रसाद बराल, बाबुराम श्रेष्ठ वर्षा, लक्ष्मी पोखरेल, ब्युटीकुमारी श्रेष्ठ छन् ।

प्रतिष्ठानले आगामी वर्ष २०८१ देखि भाषाशास्त्री बालकृष्ण पोखरेलको सम्झना र योगदानको उच्च कदर गर्दै उनको सम्मानमा संस्थाका तर्फबाट ५१ हजार १११ रुपैयाँको ‘रुपात्रेय बालकृष्ण वाङ्मय पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको छ ।

उक्त पुरस्कारको रकम पारिवारिक स्रोतबाट ब्यहोरिने जानकारी अध्यक्ष मुनाल पोखरेलले दिए ।

उक्त प्रतिष्ठान भाषाशास्त्री बालकृष्ण पोखरेल जिवित छँदै उनकै अध्यक्षतामा गठन भइ ‘रूपात्रेय वाङ्मय प्रतिष्ठान’ को नाममा सञ्चालनमा थियो । संस्थाले विभिन्न चार संस्करणका पुरस्कारहरू वितरण गरेको थियो ।

संस्थाको उक्त कार्यलाई अब पनि निरन्तरता दिइने समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *