सरस्वती पूजा अवसरमा विशेष काव्य गोष्ठी

विराटनगर । सरस्वती पूजाको अवसरमा विशेष काव्य गोष्ठी आयोजना गरियो । सरस्वती मन्दिर पूजनोत्सव मूल समिति विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकारहरुले काव्य श्रवण गराएका थिए ।

त्यस अवसरमा कृष्णप्रसाद गुरागाईंँ, राधिका गुरागाईँ, गोकुल अधिकारी, दिनेशराज सुवेदी ‘दिंलाली कान्छो’, हरि बराल, निमेश निखिल, अम्बिका खरेल, राधा भट्टराईलगायतले रचना सुनाएका थिए ।

यसैगरी, सर्जकहरु लक्ष्मी रायमाझी खड्का, प्रिन्स प्रमोदकुमार ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी पोखरेल, पुष्पा सायरा, बाबुराम पोखरेल, निर्मला कोइराला, प्रतिमा निरौला, चन्द्रा सुब्बा, रोमा निरौला, किस्मत खतिवडा, दीपा हुमागाईँ, पूर्णिमा सहनी, सुशीला भट्टराई, प्रमिला प्याकुरेल, पुष्पा बोगटीले पनि कविता सुनाएका थिए ।

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको काव्य गोष्ठीको मूल पूजा समारोहका सभापति नारायणप्रसाद पोखरेलको सभापतित्मा भएको थियो ।

कार्यक्रम सञ्चालन गायत्री संस्कृत माविका प्रधानाध्यापक चूडामणि नेपाल ‘अकिञ्चन’ ले गरेका थिए । आयोजक संस्थाले प्रत्येक वर्ष सरस्वती पूजाका दिन पारेर काव्य गोष्ठी गर्ने जनाएको छ ।

कार्यक्रममा सरस्वती टोल समाजका प्रबुद्ध व्यक्तिहरु विमल पोखरेल, राजेश पोखरेल, लगायत शिक्षक विद्यार्थीलगायतको सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *