युद्धप्रसाद मिश्र पुरस्कार गायक रामकृष्ण दुवाललाई

काठमाडौं । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले अग्रज जनगायक, सङ्गीतकार, एवं बालगीतकारका साथै नेवारी प्राचीन शास्त्रीय लोकसङ्गीत अन्वेषक तथा अनुसन्धानकर्ता रामकृष्ण दुवाललाई पुरस्कृत गर्ने भएको छ ।

उनलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० ले सम्मान गरिने भएको हो । प्रतिष्ठानको १३औँ पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

काठमाडौंको कीर्तिपुर निवासी दुवाल लामो समयदेखि जनपक्षीय गायन, सङ्गीत र नेवारी प्राचीन शास्त्रीय लोक सङ्गीतको अध्ययन अनुसन्धान एवम् अन्वेषण र संरक्षणमा समेत क्रियाशील छन् ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै वरिष्ठ गायक, संगीतकार, संगीत अन्वेषक एवं अनुसन्धानकर्ता दुवालको सुस्वास्थ्य, क्रियाशील दीर्घजीवन र सङ्गीत क्षेत्रमा निरन्तरताको लागि शुभकामना पनि व्यक्त गरेको छ ।

प्रतिष्ठानका महासचिव नन्दु उप्रेतीका अनुसार सो पुरस्कार २०८० फागुन ६ गते कवि युद्धप्रसाद मिश्र ३४ औँ स्मृति दिवसका दिन काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *