पेट्रोल र डिजेलमा ४ रुपैयाँ, ग्यासमा १५ रुपैयाँ बढ्यो

 

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।

निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ ।

खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार बढेको मूल्य बुधबार मध्यरातिदेखि नै लागू भएकोछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *