सन्दीप लामिछानेलाई ८ वर्ष कैद

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले बुधबार उनलाई सजाय तोकेको हो ।

यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।

अदालतको फैसलाअनुसार लामिछानेले पीडितलाई पाँच लाख लागि रुपैयाँ क्षतिपूर्ति पनि दिनुपर्ने छ ।

जाहेरवाला पक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

फैसला सुनाउन अदालतले पत्रकार सम्मेलन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *