गोरखा-काठमाडौं पदयात्रामा नेपाली सेना

गोरखा । नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको पदयात्रा शुरु गरेको छ ।

पृथ्वी जयन्तीको अवसर पारेर सेनाको टोली पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गमा पदयात्राका लागि निस्किएको हो ।

गोरखा दरबारमा शनिवार आयोजित एक कार्यक्रमबीच पदयात्रामा सहभागी सेनालाई पश्चिम पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले संयुक्त रुपमा टर्च हस्तान्तरण गरेर बिदाई गरेका हुन् ।

देशभरमा छरिएर रहेका ऐतिहासिक कोट, किल्ला र पदमार्गको संरक्षण र प्रवर्द्धनका लागि सेनाले यस्ता अभियानहरु सञ्चालन गरेको सेनाका पश्चिम पृतनापती उपरथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

नेपाल सेनाका प्रथम ६ कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज झण्डा बोकेका गुरुज्यूको पल्टन, ब्याण्डसहितको टोली पृथ्वीनारायण शाहले एकीकरणका क्रममा प्रयोग गरेका मार्ग हुँदै पुस २७ गते काठमाडौं पुग्नेछन् ।

नेपाली सेनाले पाँच वर्ष अघिदेखि यस्तो पदयात्रा सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *