क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले नाबालिग बलात्कार मुद्दामा दोषी ठहर गरेको छ ।

बहसको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई दोषी ठहर गरेको हो ।

२०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै एक नाबालिकाले भदौ २१ गते गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।

लामिछानेलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

२०७९ कात्तिक १४ गते जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत, पाटनले उनलाई छाडेको थियो । उच्चको आदेशलाई सर्वोच्च अदालतले सदर गरिदिएपछि लामिछाने थुना बाहिरै बसेर मुद्दा लडिरहेका थिए ।

उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । त्यसका लागि पुस २५ गते सुनुवाइ हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *