सर्जक र संस्थालाई देवीप्रसाद-इन्द्रादेवी चापागाईं पुरस्कार

विराटनगर । देवीप्रसाद–इन्द्रादेवी चापागाईं पुरस्कार प्रतिष्ठानले दुईवटा संस्था र दुईजना सर्जकलाई पुरस्कृत गरेको छ ।

देवीप्रसाद–इन्द्रादेवी चापागाईं धार्मिक एवं सामाजिक पुरस्कार विराटनगरको बरगाछीस्थित राधारमण मन्दिरलाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशि १ लाख १ हजार रुपैयाँ छ ।

यसैगरी देवीप्रसाद–इन्द्रादेवी चापागाईं धार्मिक एवं सामाजिक पुरस्कार पिपलचोकस्थित लक्ष्मीनारायण मन्दिरलाई प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ ।

यस्तै साहित्यकार दधिराज सुवेदीलाई २१ हजार रुपैयाँको देवीप्रसाद–इन्द्रादेवी चापागाईं साहित्य पुरस्कार प्रदान गरिएको छ ।

११ हजार रुपैयाँको देवीप्रसाद–इन्द्रादेवी चापागार्इं धार्मिक पुरस्कारबाट पण्डित चक्रपाणि नेपाललाई पुरस्कृत गरिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं संघीय सांसद डा. शेखर कोइरालाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ती पुरस्कार प्रदान गरिएको थियो ।

वीरसिंह चापागाईंको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार विवश पोखरेल, प्रा. कविराज न्यौपाने, राजनीतिज्ञ केदार कोइराला, पूर्णिमा कार्की, दीपक चापागार्इं, दिङ्लाली कान्छो लगायतले पुरस्कृत व्यक्ति र संस्थालाई बधाई ज्ञापन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *