धनकुटामा एमाले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास

 

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ ।

पार्टीको ‘संकल्प यात्रा’ का क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा भन्ने स्थान पुगेका ओलीलाई एक व्यक्तिले आक्रमण प्रयास गरेका हुन् ।

उक्त स्थानमा पुग्दा ओलीलाई पार्टी कार्यकर्ता र समर्थकहरुले स्वागत गरेका थिए ।

त्यही क्रममा फूलमाला लिएर स्वागत गर्ने लाममा बसिरहेका एक व्यक्तिले ओलीमाथि हातपात गर्न खोजेका थिए ।

ओलीलाई हातपात गर्न खोजेपछि कार्यकर्ताले ती व्यक्तिलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

ओलीमाथि हातपात प्रयास गर्ने धनकुटाको महालक्ष्मी–५ का महेश राई भएको जनाइएको छ । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *