इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्रः ‘हाम्रो उद्धार गरिदिनुस्’

काठमाडौं । इजरायल–प्यालेस्टाइन युद्धको चपेटामा फसेका नेपाली विद्यार्थी सुरज भण्डारीले इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै पत्र पठाएका छन् ।

उनले सञ्चार माध्यमलाई उपलब्ध गराएको हस्तलिखित पत्रमा त्यहाँको अवस्था कहालीलाग्दो भएको भन्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

उनले आफूसहित समस्यामा परेका नेपालीहरुलाई उद्धार गरी नेपाल फर्कने वातावरण मिलाइदिन आग्रह गरेका हुन् ।

अन्नपूर्ण गाउँपालिका–२ कास्की घर भई हाल इजरायलमा फसेका सुरज भण्डारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *