ट्रकको ठक्करबाट दुईजना बालकको मृत्यु

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा बुधबार बिहान ट्रकको ठक्करबाटले दुईजना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विद्यालय जान लागेका सिद्धलेक गाउँपालिका–६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १५ सञ्जीव श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जैसवालले जानकारी दिए ।

बाटो काट्ने क्रममा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । दुवै बालक बागेश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत विद्यार्थी हुन् ।

ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *