भारतको उत्तरखण्डमा पहिरो, ३ नेपालीको मृत्यु १० बेपत्ता

काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ प्रवेश गर्ने स्थान गौरीकुण्डमा पहिरोमा परी ३ जना नेपालीको मृत्यु भएको छ । १० जना बेपत्ता भएका छन् । पहिरोमा परी ६ जना भारतीय बेपत्ता भएका छन् ।

उक्त स्थानमा नेपालीले सञ्चालन गर्दै आएका तीन होटल पहिरोले बगाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

पहिरोमा ज्यान गुमाउने र बेपत्ता हुनेमा जुम्ला जिल्लाका छन् ।

बेपत्ता भएकामध्ये तीन नेपालीको शव शुक्रबार साँझ भेटिएको भारतीय प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

यसैबीच, गृह मन्त्रालयले पहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी तथा उद्धारका लागि आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

गृहले स्थानीय हिलवाणीु न्युज पोर्टलले केदारनाथ यात्रा मार्गको गौरीकुण्ड डाटपुलिया नजिक गएको बाढी पहिरोमा परी नेपाली नागरिक बेपत्ता भएको समाचारलाई उद्धृत गर्दै समन्वयका लागि पत्राचार गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *