पहिरोमा पुरिएर बालकको मृत्यु, तीनजना बेपत्ता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका ७, टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । तीनजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको हो । घर पुरिँदा टोपाटारका कृष्ण मगर, उनकी श्रीमती देव मगर र स्थानीय हरिलाल श्रेष्ठ बेपत्ता भएका छन् ।

बिहीबार राती परेको भीषण वर्षाले गौरीशंकर ७ र ८ मा ३२ वटाभन्दा बढी घरमा क्षति गरेको छ । टोपाटारबाट तीनजना घाइतेको उद्धार गरिएको छ । पहिरोले टोपाटारका ७ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *