विदेशबाट एकै वर्षमा ५६ अर्बको खाद्यान्न आयात

काठमाडौं । गत आर्थिक वर्षमा नेपालले विदेशबाट ५६ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको हो ।

भन्सार विभागका अनुसार नेपालले एकै वर्ष झन्डै ३७ अर्ब रुपैयाँको धान, चामल, चिउरा र कनिका आयात गरेको छ ।

९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने गरेको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटली, भुटान, थाइल्यान्ड लगायतका देशबाट धान, चामल आयात हुने गरेको तथ्यांक छ ।

गत वर्षमा दुई अर्ब रुपैयाँभन्दा धेरैको माछा मासु भित्रिएको छ । यस्तै दुई अर्ब ५५ करोड रुपैयाँको दुग्धजन्य पदार्थ, ३१ अर्ब ८७ करोड रुपैयाँको तरकारी र २० अर्ब ५६ करोड रुपैयाँको फलफूल आयात भएको छ ।

यस्तै झन्डै नौ अर्ब रुपैयाँको चिया कफी, झन्डै ८७ अर्ब रुपैयाँको घिउ तेल र पाँच अर्ब रुपैयाँको चिनी भित्रिएको भन्सार विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *