सत्ताधारी दलले देश लुटिरहेको ओलीको आरोप

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलले देश लुटिरहेको आरोप लगाएका छन् । सत्तारुढ दलले नांगो नाच देेखाइरहेकाले एमाले चुप लागेर बस्न नहुने ओलीले बताए ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बुधबार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।

‘सत्ताधारी दलले देश लुटिरहेका छन् नांगो नाच देखाइरहेका छन् । अब हामी चुप लागेर बस्नु हुँदैन,’ अध्यक्ष ओलीले भने ।एमालेले सुन तस्करीसहितको विषयमा संसद्मा उठाउने विषयमा छलफल गर्न संसदीय दलको बैठक बसेको हो ।

सुन तस्करीमा गृहमन्त्रीको भूमिकालाई लिएर एमाले प्रश्न गर्दै आएको छ । सुन तस्करीमा आफूहरूलाई मुछेको भन्दै ओलीले असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *