पिकअप र मोटरसाइकल जुध्दा ३ जनाको मृत्यु

विराटनगर । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको पकलीमा शुक्रबार राति भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुईजनाको घटनास्थलमै तथा एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।

पुर्वबाट पश्चिमतर्फ गइरहेको भारतीय बोलेरो पिकअप बीआर–७३ इ ९११७ र पश्चिमबाट पूर्व गइरहेको को ९ प ३७१२ नम्बरको मोटसाइकल आपसमा जुधेर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा इटहरी–१६ का २७ वर्षीय शम्भु चौधरी, २६ वर्षीय करण चौधरी र २४ वर्षीय अनिमेश चौधरी रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा इटहरी–१६ कै २६ वर्षीय प्रेम चौधरी छन् । उनको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

पिकअप चालक भारत दार्जीलिङ फोडिगढीका ३२ वर्षीय गोविन्द बर्मनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *