सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपालले एसीसी इस्ट जोन यू–१६ कपको फाइनलमा पुग्न सफल भएको छ । सेमिफाइनलमा सोमबार नेपालले सिंगापुरलाई ९७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपालले उपाधिका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।

सेमिफाइनलमा हङकङलाई पराजित गर्दै सिंगापुर फाइनलमा पुगेको थियो । समूह चरणमा नेपाले मलेसियालाई ८४ रनले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको स्कोर तयार गरेको थियो ।

नेपालका लागि ओपनर सूर्यान्सु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुवात दिलाएका थिए ।

सूर्यान्सु ४९ बलमा ६ चौकाको सहयोगमा ४३ रन बनाउँदा निरज यादवले ४९ बलमा ४२ रन बनाए ।

कप्तान अभिषेक तिवारीले २५ रन बनाए भने सन्तोष यादवले १८ रनको इनिङ खेलेका थिए ।

थप दोहोरो स्कोरका रुपमा दिपुकुमार र प्रतीक भट्टराईले समान १२–१२ रन बनाउँदा कृतिक कामतले १० रन बनाएका थिए ।

सिंगापुरका लागि हरिहरनले ३ तथा कविर बेर्ली र हर्स भेनकाटरमले समान २–२ विकेट लिएका थिए ।

१ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर नेपाली बलरसामु निरीह रह्यो । उसले ८७ रन जोड्दा आफ्ना सम्पूर्ण विकेट गुमाएको थियो ।

सिंगापुरका लागि ओपनर रोशन रभिचन्द्रनले २४ रन बनाउनु सर्वाधिक रह्यो । उनीबाहेक थप दोहोरो स्कोरका रुपमा कविर बेर्लीले ११ प्रनभ धनुकाले १७ रन बनाउनु बाहेक उसका अन्य ब्याटरले दोहोरो रनको स्कोर तयार गर्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *