मध्य असारसम्म देशभर १२ प्रतिशत मात्र धान रोपाइँ

काठमाडौं । मध्य असार भइसक्दा पनि अधिकांश स्थानमा धान रोपाइँ हुन सकेको छैन । आज असार १५ का दिन धान दिवसका रुपमा मनाइँदैछ ।

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०औँ राष्ट्रिय धान दिवस मनाइँदै छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर १२ प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । मौसम अनुकूल नहुँदा साथै खेतीयोग्य जमिनमध्ये ३३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ पुगेकाले रोपाइँ प्रभावित भएको जनाइएको छ ।

नेपालमा वार्षिक साढे १४ लाख हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।

मन्त्रालयका अनुसार नेपालका धानको उत्पादन वार्षिक उत्पादन ५५ लाख टन छ । स्थानीय उत्पादन पर्याप्त नहुँदा वार्षिक ४५ अर्बभन्दा बढीको धान चामल आयात हुने गरेको छ ।

कृषिजन्य वस्तुमा सबैभन्दा धेरै आयात हुनेमा धान र चामल पर्छ ।

सरकारले धान चामलको आयात न्यूनीकरणका लागि १ लाख २० हजार हेक्टरमा रहेको चैते धान खेतीको विस्तार, सिँचाइ पूर्वाधार थप्ने र नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेका बीउ किसान सम्म र्पुयाउने नीति लिएको जनाएको छ ।

उन्नत बिउ र पर्याप्त रासायनिक मल नहुँदा नेपालमा धानको उत्पादकत्व प्रति हेक्टर ३ दशमलव ७ प्रतिशत मात्र छ ।

समुन्द्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३०५० मिटर उचाइसम्म धानको खेती गरिन्छ ।

बेलैमा मल नपाउनु, सिँचाइको पर्याप्त व्यवस्था नहुनु साथै कृषि प्राविधिक सहयोग नपाउँदा धान खेती गर्ने किसानहरुलाई सहयोग पुग्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *