कोशी प्रदेशको बजेट ३६ अर्ब २४ करोड ३५ लाख

विराटनगर । कोशी प्रदेश सरकारले बिहीबार ३६ अर्बको बजेट सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रालयको सभाहलमा अध्यादेशमार्फत ल्याएको बजेट सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

चालु खर्चमा १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र वित्तीय हस्तान्तरणतर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणमा ३ अर्ब ६० करोड २९ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ ।

स्रोततर्फ आन्तरिक ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार र राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय अनुदानबाट १५ अर्ब ३६ करोड ४६ लाख, नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार आयको अनुमान बजेटमा गरिएको छ ।

बजेटमा कृषि क्षेत्रका लागि २ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ भने उद्योगतर्फ ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, भौतिक पूर्वाधारतर्फ ११ अर्ब ४१ करोड २६ लाख, खानेपानी, सिँचाई तथा ऊर्जातर्फ ५ अर्ब ४३ करोड ८३ लाख बजेट विनियोजन गरिएको छ ।

बजेटमा स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब ७ करोड २७ लाख, सामाजिक विकासतर्फ १ अर्ब ७९ करोड ३३ लाख रुपैयाँ विनियोजना गरिएको छ ।

कर्मचारीलाई प्रोत्साहनका लागि विद्युतीय हाजिरीका आधारमा दैनिक २ सयका दरले खाजा खर्च दिने बजेटमा व्यवस्था गरेको बजेटमा उल्लेख छ ।

यस्तै, प्रदेश सांसद पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारै बजेटसम्बन्धी अध्यादेश जारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *