भीरबाट जिप खस्दा ८ जनाको मृत्यु

काठमाडौं । प्युठानको स्वर्गद्वारीबाट फर्कँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गाडी चालक लमही–५ का ४९ वर्षीय तारा कुमाल, यात्री दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षकी राधा शाह, ९ वर्षीय छोरा आदित्य शाह रहेको प्रहरीले जनाएको छ ।
यस्तै, तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल, ९ वर्षीय विकास र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय शिशिर खनालको दुर्घटनामा मृत्यु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार प्युठानको भिंग्रीनजिकै लु १ च ६३४५ नम्वरको जिप दिउँसो भीरबाट खसेको थियो ।
प्रतिक्रिया