मासिक साहित्यिक कार्यक्रमको शृङ्खला २०३

विराटनगर । विराट साहित्य सङ्गम विराटनगरको आयोजनामा हरेक महिनाको अन्तिम शनिबार हुने नियमित साहित्यिक कार्यक्रमको शृङ्खला २०३ सम्पन्न भएको छ ।
शनिबार धनकुटाको पर्यटकीयस्थल भेडेटारमा कार्यक्रम गरिएको हो ।
त्यस अवसरमा प्रा. डा. टंक न्यौपाने, प्राज्ञ दधिराज सुवेदी, विवश पोखरेल, गंगा सुवेदी, देवी पंथीलगायतको सहभागिता थियो ।
यसैगरी विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल अम्बिका खरेल, भरत गुरागाईं बर्बरिकलगायत ३४ जना साहित्यकारहरूले त्यस अवसरमा आफ्ना रचना वाचन गरेका थिए ।
सर्जकहरुको जमघटबीच तथा साहित्यिक विमर्श पनि गरिएको थियो । कार्यक्रमअघि स्रष्टाहरूले प्रसिद्ध नमस्ते झरना अवलोकन गरेका थिए ।
प्रतिक्रिया