साउनदेखि स्वचालित प्रणालीबाट श्रम स्वीकृति लिन सकिने

काठमाडौं । आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीको माध्यमबाट श्रम स्वीकृति प्राप्त गर्न सकिने भएको छ । यो व्यवस्थाले रोजगारीका लागि विदेश जानेहरु लाभान्वित हुनेछन् ।

म्यानपावर कम्पनीहरूले आफ्नै कार्यालयमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइन सिस्टममा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव एकनारायण अर्यालका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनीहरू श्रम तथा रोजगार कार्यालयहरूमा धाउनु पर्ने बाध्यता हट्नेछ ।

मन्त्रालयले अहिलेको अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृतिसम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो ।

म्यानपावर कम्पनीहरूले झुटा विवरण राखेको ठहरिएमा कम्पनी खारेजीसम्मको सजाय हुने मन्त्रालयले जनाएको छ ।

यस्तै अबदेखि श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीहरूले गर्ने गरी व्यवस्था गरिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *