नेपालमा १० धर्म, १४२ जनजाति, १२४ मातृभाषा

काठमाडौं । नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ । राष्ट्रिय जनगणना, २०७८ को तथ्याङ्कअनुसार जनजातिको संख्या १४२ छ भने र मातृभाषा संख्या १२४ कायम भएको छ ।

राष्ट्रिय तथ्याङ्कक कार्यालयका अनुसार जनगणनाको क्रममा उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहको सिफारिसअनुसार जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको हो ।

यसअघि २०६८ को जनगणनामा जातजाति १२५ रहेकामा अहिले १७ थप भएको छ ।

२०६८ को जनगणना अनुसार १२३ वटा मातृभाषा थिए । अहिले ‘अन्य भाषा’ समेत जोडेर मातृ भाषाको संख्या १२४ कायम गरेको छ ।

१२ वटा विदेशी भाषा बोल्ने एकदमै न्यून व्यक्तिहरुको संख्या र अहिले नयाँ थप भएका १३ वटा समेतलाई जोडेर ‘अन्य भाषा’ मा राखिएको हो ।

नेपालमा ८१ प्रतिशतभन्दा धेरै मानिसले हिन्दु धर्म मान्ने गरेको पनि तथ्याङ्कमा उल्लेख छ ।

२०७८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।

उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१ दशमलव १९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८ दशमलव २१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् ।

५ दशमलव ०९ प्रतिशतले इस्लाम, ३ दशमलव १७ प्रतिशतले किराँत र १ दशमलव ७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *