‘विवशता एउटा यथार्थको’ कविता संग्रह सार्वजनिक

विराटनगर । कवि प्रा. डा. मेदिनीप्रसाद शर्माको कवितासङ्ग्रह ‘विवशता एउटा यथार्थको’ विराटनगरमा सार्वजनिक गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानबाट प्रकाशित उक्त कृतिको कोशी प्रदेशका पर्यटन तथा वनमन्त्री माननीय जीवन आचार्यलगायत ले सार्वजनिक गरेका हुन् ।

कृतिमाथि समालोचक दधिराज सुवेदी, रामसागर अधिकारीले समीक्षात्मक टिप्पणी गरेका थिए । साहित्यकारहरू बलराम पोखरेल, गङ्गा सुवेदी, भागवत आचार्य विवश पोखरेलले कविको साहित्यिक योगदानको चर्चा गर्दै कविप्रति शुभकामना व्यक्त गरेका थिए ।

कविहरू चूडामणि नेपाल अकिन्चन, कविता केशरी, राधिका गुरागाइँ, निर्मला कोइराला, प्रयाग न्यौपाने, स्वीकृति रेग्मी, राधा भट्टराई, लक्ष्मी रायामाझीलगायतले उक्त कृतिबाट एक एक कविता गरेर कार्यक्रमलाई काव्यमय बनाएका थिए ।

पाँच दशकभन्दा बढी समयदेखि नेपाली साहित्यमा समर्पित कवि शर्माका हालसम्म तीन कविताकृति, एक कथासङ्ग्रह र एक दर्जनभन्दा बढी इतिहाससम्बन्धी पुस्तक प्रकाशित छ्न् ।

यस  सङग्रहभित्र विभिन्न विषयका ३३ वटा कविता समावेश छन् । अत्यधिक कविता जीवन र मृत्यु सम्बन्धित रहेका छ्न् ।

पर्यटन तथा वन मन्त्री जीवन आचार्यको प्रमुख आतिथ्य र प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कवि गजलकार मधु पोखरेलले अतिथिहरूको स्वागत र कार्यक्रम सञ्चालन प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *