श्रीच्छा प्रधान बनिन् ‘मिस नेपाल २०२३’

काठमाडौं । श्रीच्छा प्रधानले ‘मिस नेपाल २०२३’ को उपाधि प्राप्त गरेकी छन् । उनलाई पूर्व मिस नेपाल प्रियंका जोशी रानाले ताज पहिर्याइदिइन् ।
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको उपाधि जितेकी हुन् ।
प्रतियोगीमध्ये प्रसिद्धी शाहले मिस नेपाल इन्टरनेसनल र रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’ को उपाधि जिते ।
समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको थियो ।
प्रतिक्रिया