बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौ । काठमाडौंको त्रिपुरेश्वरमा जारी ‘काभा महिला भलिबल च्यालेन्ज कप’ मा नेपालले दोस्रो जित हात पारेको छ ।

समूह ‘ए’ अन्तर्गत नेपालले मंगलबार बंगलादेशलाई हराएको हो । जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेट २५–१० ले जितेको नेपाललले दोस्रो सेट २५–८ ले जितेको हो ।

तेस्रो सेट २५–९ ले जित्दै जारी प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको हो ।

पहिलो खेलमा नेपालले किर्गिस्तानलाई तीन सेटमा हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *