महिला सशक्तीकरणका लागि परोपकार अभियानको पहल

विराटनगर । विराटनगरको सामाजिक संस्था परोपकार अभियान समूहले महिलाहरूको क्षमता विकास गराउने उद्देश्यले उद्घोषण कला प्रशिक्षण दिएको छ ।

महिलालाई अवसर प्रदान गर्दै उनीहरुको सशक्तीकरणका लागि उद्घोषणकला प्रशिक्षण दिइएको तालिमकी संयोजक तथा कार्यसमिति सहकोषाध्यक्ष इन्दु सुवेदीले जानकारी दिइन् ।

दुई दिनसम्म चलेको सो तालिममा विराटनगरका विभिन्न क्षेत्रबाट ३५ जना महिलाले प्रशिक्षण लिएका थिए ।

प्रशिक्षकका रुपमा धिरज दाहालको सहभागिता भएको तालिम कार्यक्रमको सञ्चालन संस्थाकी सचिव उर्मिला सुवेदीले गरेकी थिइन् ।

तालिम समापन अवसरमा कार्यसमितिका पदाधिकारीहरु अध्यक्ष बाबुराम न्यौपाने, वरिष्ठ उपाध्यक्ष सोमराज कोइराला, उपाध्यक्ष किशोर भट्टराई र महासचिव कुलप्रसाद पौडेलले यस्ता कार्यक्रमले महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *