युएईमा नेपालीले जिते साढे ३ करोडको चिठ्ठा

काठमाडौं । यूएईमा कार्यरत एकजना नेपालीले साढे तीन करोड रुपैयाँभन्दा बढीको चिठ्ठा जितेका छन् ।

यएईको सञ्चार माध्यम ‘खालिज टाइम्स’ का अनुसार त्यहाँ कार्यरत नेपाली सूर्यलाई १० लाख यूएई दिराम (करिब तीन करोड ५९ लाख एक हजार ३८७ रुपैयाँ) को चिट्ठा परेको हो । उनलाई यूएईको ‘महजुज चिट्ठा’ परेको हो ।

३३ वर्षीय सूर्य रोजगारीका लागि सात वर्षअघि यूएईको आबुधाबी गएका थिए । त्यहाँ उनी मेसिन अपरेटरको रूपमा कार्यरत छन् ।

सूर्यले आफूले चिट्ठामा जितेको रकम आफ्नो आमाको लागि घर किन्ने र बालबच्चाको पढाइमा खर्च गर्ने बताएको खालिज टाइम्सले उल्लेख गरेको छ । उनको थर र नेपालको ठेगाना खुलाइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *