डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो ।
आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो । भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य भने घटाएको छैन ।
नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखि लागु हुने छ । डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ ।
मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको मूल्य भने यसअघिकै प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।
प्रतिक्रिया