जनता नमूनाका शिक्षक-शिक्षिका सम्मानित

विराटनगर । जनता नमूना माध्यमिक विद्यालयमा अध्ययन गरेर २०३७ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीहरुले आफूलाई विद्यालयमा अध्यापन गराउने गुरू तथा गुरुआमाहरूलाई विराटनगर र काठमाडौंमा एकैदिन सम्मान गरेका छन्।
आफ्नो जीवनमा उच्च आदर्श बोकेर सबैको भलो चिताउने शिक्षक तथा शिक्षिकालाई आजको समाजले त्यति धेरै प्राथमिकता नदिएको अवस्थामा यस्तो सम्मान कार्यक्रमले धेरै महत्व राख्ने आयोजक सदस्य दिनेशराज सुवेदीले बताए ।
उक्त सम्मान कार्यक्रममा दिवंगत शिक्षक तथा शिक्षिकाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेटको मौनधारणबाट सम्मान कार्यक्रम हुँदै सम्मानितहरूबाट अनुभव साटासाट गरिएको थियो ।
त्यस अवसरमा टेककुमारी कोइराला, विणा जोशी, उर्मिला श्रेष्ठ, यशोदा पौडेल, शान्ता अधिकारी, बिक्रमसिंह थापा, नारायणप्रसाद भगत, प्रकाश कुमार चापागाईं, श्यामनन्दन शर्मा, शिवसंकर श्रेष्ठ, लक्ष्मीकान्त नन्दी, नारायणप्रसाद आचार्य, कृष्णबहादुर बस्नेतलाई सम्मान गरिएको कार्यक्रमका अध्यक्ष लेखु आचार्यले बताए ।