‘लडाकु शिविरमा भएको हिनामिनाबारे अख्तियारले छानबिन गर्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘खुट्टा कमाएको’ टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलले यस्तो टिप्पणी गरेका हुन् ।

लडाकु शिविरमा भएको हिनामिनाबारे अनुसन्धान गर्न तत्पर हुनुपर्ने भन्दै ओलीले अख्तियारलाई ‘खुट्टा नकमाउन’ आग्रह समेत गरेका थिए ।

बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि पनि भ्रष्टाचार गर्न लागिएको आरोप उनले लगाए । अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी ओलीको थियो ।

नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको भन्दै उनले आपत्ति जनाएका थिए ।

ओलीले भ्रष्टाचार गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने भन्दै निर्दाेषलाई कसरी फसाउने भन्ने हिसाबले चलखेल भइरहेको आरोप पनि ओलीले लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *