रोजगारी खोज्दै विदेश जानेको संख्या ह्वात्तै बढ्यो

काठमाडौँ । रोजगारीको खोजीमा विदेशिने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार त्यस्ता नेपाली युवाको संख्या ५१.५ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गर्दै केन्द्रीय बैंकले वैदेशिक रोजगारीमा जानेहरुको संख्या ५१.५ प्रतिशतले बढेको जानकारी दिएको हो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ८७ हजार ८३९ पुगेको बैंकको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिन नेपालीको संख्या ५.५ प्रतिशतले वृद्धि भएको छ ।
प्रतिक्रिया