पूर्वगृहमन्त्रीसहित पक्राउ पर्नेको संख्या १२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । यो प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ ।

नेपालीलाई ‘भुटानी शरणार्थी’ बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा स्वकीय सचिव केसीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पूर्वगृहमन्त्री खाँण उक्त प्रकरणमा मुछिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले उल्लेख गरेको छ ।

केसीलाई प्रहरीले उनलाई बुधवार बिहान जडिबुटीबाट पक्राउ गरेको हो । पूर्व गृहमन्त्री खाँणलाई प्रहरीले चुच्चेपाटीस्थित निवासबाट पक्राउ गरेको थियो ।

यसअघि प्रहरीले रामशरण केसी र गोविन्द चौधरी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ ।

यो प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् । उनविरुद्ध साताअघि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *