मेस्सीलाई फ्रान्सको प्रतिष्ठित ‘लाउरेस अवार्ड’

काठमाडौं । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी लाउरेस अवार्डबाट सम्मानित भएका छन् । फ्रान्सको राजधानी पेरिसमा मेस्सीलाई वर्ष उत्कृष्ट खेलाडीका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो ।

उनले यसअघि सन् २०२० मा फ्रान्सको प्रतिष्ठित अवार्ड जितेका थिए । कतार विश्वकप २०२२ को विजेता अर्जेन्टिना वर्ष उत्कृष्ट टिम घोषित भएको थियो ।

मेस्सी विधागत र समूहगत रुपमा उत्कृष्ट हुने पहिलो खेलाडीसमेत बनेका छन् ।

महिलातर्फ जमाइक धावक सेलिन एन फ्रासर प्रेस उत्कृष्ट अवार्ड जित्न सफल भइन् ।

स्पेनिस युवा स्टार खेलाडी कार्लोस अल्काराज उदयीमान खेलाडीको पुरस्कार अर्थात् ‘लाउरेस ब्रेकथुर अफ दि इएर’ घोषित भए ।

युरो २०२० मा कार्डिक अरेस्ट भएपछि पुनः फिट भएर मैदान फर्किएका डेनिस खेलाडी क्रिस्टेन एरिसनले लाउरेस वर्ल्ड कमब्याक अफ दि इएरको अवार्ड जित्न सफल भए ।

लाउरेस वर्ल्ड स्पोर्ट अवार्डमा मनोनीत हुनेहरु ग्लोबल मिडियाद्वारा छनोट हुन्छन् । विजेताहरु भने लाउरेस वर्ल्ड स्पोर्टस एकेडेमीका ७१ सदस्यले निर्धारण गर्नेछन् ।

विश्व खेलकुदको प्रतिष्ठित अवार्ड मध्येको एक यो पुरस्कार सन् २००० देखि हरेक वर्ष हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *