चारजना साहित्य सर्जकलाई पुरस्कार

विराटनगर । पन्ध्रौँ महानन्द पुरस्कार झापाको सुरुङ्गा निवासी सर्जक कोमलप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ । यस्तै, महानन्द प्रोत्साहन पुरस्कार इलामको चुलाचुलीका सर्जक सुन्दर कुरुपलाई प्रदान गरिने भएको छ ।

यसैगरी अग्रज साहित्यकार केशव आचार्यद्वारा स्थापित दोस्रो भवानी घिमिरे रङ्ग–पुण्य स्मृति पुरस्कार इलामका साहित्यकार विमल वैद्यलाई प्रदान गरिने भएको छ ।

यस्तै, साहित्यकार गोपालकुमार बस्नेतको प्रस्तावमा पूर्ण–तुङ्ग प्रतिष्ठान बिर्तामोड संस्थापक रहने गरी पहिलोपटक स्थापना भएको पूर्ण–तुङ्ग–हीरा आकाश स्मृति पुरस्कार पाँचथरका साहित्यकार प्रेम ओझालाई प्रदान गर्ने निर्णय भएको छ ।

नेपाली साहित्य विकास समितिका सहसचिव रश्मिशेखरका अनुसार पुरस्कारको राशि जनही १५ हजार रुपैयाँ र सम्मानपत्र छ ।

नेपाली साहित्य विकास समिति, महानन्द पुरस्कार समिति एवं महानन्द स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा इलामको रोङ गाउँपालिकामा वैशाख ३० गते हुने कार्यक्रममा ती पुरस्कार हस्तान्तरण गरिने जनाइएको छ ।

समितिअन्तर्गत महानन्द पुरस्कार समिति र महानन्द स्मृति प्रतिष्ठानको संयुक्त बैठकले पुरस्कार दिने निर्णय गरेको हो ।

बैठकमा समितिका अध्यक्ष केशव आचार्य, सहसचिव रश्मीशेखर सुवेदी, सदस्यहरु छविलाल खतिवडा, शिव प्रणत रेग्मी र देवीचरण भण्डारीको सहभागिता थियो ।

यसैगरी महानन्द स्मृति प्रतिष्ठानका अध्यक्ष बृहस्पति खतिवडा र महासचिव सोम पौडेल तथा पर्यवेक्षकका रुपमा शिरो सान्दाई खतिवडाको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *