राष्ट्रपति पौडेलले उपचार खर्च आफैँले बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अस्पतालमा उपचार गराउँदा लागेको खर्च आफैंले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

पेट र छातीमा समस्या देखिएपछि करिब दुई साता नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको उपचार भएको थियो ।

उपचारपछि आइतबार फर्किएका पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्ने चाहना राखेका हुन् ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिअनुसार उनले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्न चाहेको उल्लेख गरिएको छ ।

राष्ट्रपतिले सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैंले गर्न चाहेको स्वकीय सचिवालयमार्फत सार्वजनिक गरेका हुन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सामान्य उपचार गराएका राष्ट्रपति पौडेललाई वैशाख ६ गते थप उपचारका लागि भारत लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *