एसीसी प्रिमियर कपः रोकिएको नेपाल र यूएईबीचको खेल आज हुँदै

काठमाडौं। नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल सुरु भएको छ ।
हिजो भएको खेल वर्षाका कारण स्थगन भएको थियो । खेल हिजो जुन अवस्थामा पुगेर रोकिएको थियो, आज त्यहीँबाट सुरु गरिएको छ ।
कीर्तिपुर मैदानमा खेल रोकिनुअघि पहिला ब्याटिङ गरिरहेको यूएई २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रनको सामान्य अवस्थामा छ ।
नेपाली स्पिनर ललित नारायण राजवंशी ह्याट्रिक विकेटको नजिक छन् । आज पनि पानी पर्ने सम्भावना छ । पानी परेर खेल रोकिएमा ओभर घटाएर खेलाइनेछ ।
ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर खेलाइनेछ ।
सुपर ओभर पनि हुन नसक्ने अवस्थामा भने एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताको आधारमा नेपाल विजेता हुनेछ ।
विजेता बनेसँगै आउँदो सेप्टेम्बरमा हुने एसिया कपका लागि नेपाल छनोट हुनेछ । एकदिवसीय वरीयतामा नेपाल १४औँ स्थानमा छ भने यूएई १९औँ स्थानमा छ।
प्रतिक्रिया